तीन साता मैदानबाहिर रहेका मेसी सहभागि खेलमा बार्सिलोना पराजित

एजेन्सी

सोमबार, २६ कार्तिक २०७५, ११ : ०४
तीन साता मैदानबाहिर रहेका मेसी सहभागि खेलमा बार्सिलोना पराजित

एजेन्सी । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ गोल  अन्तरमा  पराजित भएको छ ।

पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिए । पहिलो हाफमा २-० ले पछाडी परेको बार्सिलोनाले दोस्रो हाफको लागि मिडफिल्डर आर्थर मेलोको स्थानमा आर्टुरो भिडाललाई मैदान प्रवेश गराएको थियो ।

दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रहयो । ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुन कायम गर्यो । टेलोकै पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३-१ ले अगाडी बढाए ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना पातलियो । ८३ औं मिनेटमा सर्जियो कानालेसले बार्सिलोनालाई थप समस्या दिए । फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले २ गोलको अग्रता कायम राखे । इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस