नेकपामा नयाँ धार छैन : नेता खनाल

आइतबार, २५ कार्तिक २०७५, १८ : ३२
नेकपामा नयाँ धार छैन : नेता खनाल

बनियानी । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा नयाँ धारको कुरा निराधार भएको बताउनुभएको छ । 

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उहाँले उल्लेख गर्नुभयो । “नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लाखौँ समर्थक छन्”, उहाँले भन्नुभयो, “उहाँहरु अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वभाविक हो ।” 

नेता खनालले स्थायी समितिको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताउनुभयो । तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भन्नुभयो, “जनतालाई सन्तुष्टी दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।” (रासस)

प्रतिक्रिया दिनुहोस