पूर्वराजाले पञ्चाङ्गको साइत कुरेनन्, आफ्नै ज्योतिषले दिएको साइतमा टिका लगाए

शुक्रबार, २३ कार्तिक २०७५, १५ : १५
पूर्वराजाले पञ्चाङ्गको साइत कुरेनन्, आफ्नै ज्योतिषले दिएको साइतमा टिका लगाए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका लगाएका छन् । उनले बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट भाइटीका लगाएका हुन् । पूर्वराजा विहानै काठमाडौंको कमलादीस्थित बहिनीको निवासमा पुगे ।

पूर्वराजा शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको सुभसाइत भने कुरेनन् । पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइत कुर्नेलाई ११ बजेर ११ मिनेट उपयुक्त हुने भनेको थियो । तर, पूर्वराजाले भने विहान ९ बजेर ५१ मिनेटमै बहिनी शोभाको हातबाट भाइटीका लगाए ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतमा टीका लगाउने गरेका छन् । उनका जोतिषले विहान ९ बजेर ५१ मिनेटको साइत दिएका थिए । योपल्ट ९ बजेर ५१ मिनेटमा विजया दशमीको टीकाको शुभसाइत परेको थियो ।

प्रतिक्रिया दिनुहोस