परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई ज्ञापन

शुक्रबार, २३ कार्तिक २०७५, १४ : ०५
परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई ज्ञापन

file photo

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

आफ्ना भुटानी समकक्षीलाई आज पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले विदेशमन्त्री दोर्जीसँग निकट सम्पर्कमा रहेर पारस्परिक हित प्रवद्र्धनका लागि दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भुटानबीचको सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गर्नुभएको छ ।रासस

प्रतिक्रिया दिनुहोस