आर्थिक समृद्धिको यात्रा सफल पारौँः राष्ट्रपति

बुधबार, २१ कार्तिक २०७५, १७ : ४८
आर्थिक समृद्धिको यात्रा सफल पारौँः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने अपरिहार्यता दर्शाउनुुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपतिले आर्थिक विकासको अभियानलाई तीव्र गतिमा अघि बढाउन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैँ सक्दो सहयोग रहने दृढता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस