चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन

सफल खबर संवाददाता

बुधबार, २१ कार्तिक २०७५, १३ : १८
चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन

चितवन । चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको ८४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । 
जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउन क्रियाशील रहेका वामपन्थी नेता मास्केको आज विहान १२ः३० बजेको समयमा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । 
भोजपुरमा जन्मेर गोरखा र वन्दीपुरमा बाल्यकाल बिताउनुभएको मास्के २०१४ सालमा चितवन झर्नुभएको थियो । मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौँमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।  
रेडक्रसका केन्द्रीय उपाध्यक्ष, बालकुमारी कन्या माविका व्यवस्थापन समितिका पूर्वअध्यक्ष, लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष, नारायणी कला मन्दिरका पूर्व अध्यक्षसमेत रहेका मास्केले लामो समय चितवनको शिक्षा क्षेत्रमा योगदान दिएका थिए  । उहाँ चितवनको प्रसिद्ध व्यवसायी हुनुहुन्छ । उहाँका २ छोरा र १ छोरी छन् । 


 

प्रतिक्रिया दिनुहोस