आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान हुनेछ : प्रचण्ड

सोमबार, १९ कार्तिक २०७५, १७ : २७
आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान हुनेछ : प्रचण्ड

काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान हुने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले तत्कालिन वामएकता र माओवादी बिग्रेकाहरुको एकता भएको टिप्पणी गर्नुभयो।
विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा उहाँले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको बताउनुभयो ।
प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने बताउनुभयो । समाजवाद निर्माणका लागि नयाँ शीराको पार्टी चाहिएको उहाँको धारणा छ ।
 ‘समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको छ, उहाँले भन्नुभयो,‘जनताको मन जितेर हामीले समाजवादको नयाँ मोडल बनाउन सक्छौं । रसियन र चाइनिज मोडलको नक्कल गरेर हुँदैन ।’ आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान् हुने दोहो¥याउनु भयो । ‘यसो गर्न सकियो भने पार्टी महान् हुनेवाला छ ।’

 

प्रतिक्रिया दिनुहोस