नरेन्द्र मोदी नेपाल आउँनु ठूलो खबर होईन : प्रचण्ड

सोमबार, १९ कार्तिक २०७५, १२ : ३०
नरेन्द्र मोदी नेपाल आउँनु ठूलो खबर होईन : प्रचण्ड

फाईल तस्विर

काठमाडौँ । पुर्व प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु ठूलो खबर नभएको प्रतिकृया दिनुभएको छ ।
मादी विवाह पञ्चमीको अवसरमा आगामी डिम्सेम्बरमा जनकपुर आउने कार्यक्रम तय भएको थियो । अहिले मोदी नआउन सक्ने सम्भावना बढी रहेको मिडियाहरुमा खबर आईरहेको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले मादो नेपाल आउनु नौलो कुरा नरहेको बताए । प्रचण्डले भन्नुभयो,‘मादी नेपाल धेरै पटक आईसक्नु भयो,फेरी आउनु ठूलो खबर होईन ।’सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस