काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव गणेश साहले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए । माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।
अभियानमा अध्यक्ष प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका नेता सहभागी छन् । माओवादीले अभियानमा जनताको कुरा सुन्ने र सरकारविरुद्ध खबरदारी गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे