राजतन्त्र फर्काउन तीन वटा राप्रपा एक हुँदै

आइतबार, १८ कार्तिक २०७५, १५ : १८
राजतन्त्र फर्काउन तीन वटा राप्रपा एक हुँदै

काठमाडौँ । राष्ट्रवादी पार्टी निर्माण गर्न तीन राप्रपा बीच एकता हुने भएको छ । केहि बर्षदेखि पाटी एकता हुने र फुट्ने राप्रपा भित्र चलिरहेको लहर नै हो ।
पार्टीलाई थप शक्तिशाली बनाउने उदेश्यले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको चर्चा छ ।
एकता प्रकृयाका लागि वार्ता टोली गठन गरिएको भएपनि टोली निष्कृया जस्तो देखिन्छ । तीन राप्रपाको अध्यक्षहरुबीच अर्को महाधिवेशनसम्म तीन जानै अध्यक्ष रहने छलफल भएको नेताहरुले बताएका छन् ।
‘तीनै पार्टी एकता गरेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बनाउनेमा दुई मत छैन र एकताको प्रतीकका रूपमा संवैधानिक राजतन्त्र राख्नेबारेमा पनि मतभिन्नता छैन । अबको हाम्रो एकता नेकपाको मोडलमा नै हुन्छ । त्यसका लागि केही समय भने लाग्न सक्छ ।’–एक नेताले सफल खबरलाई बताए ।
‘तीनवटै पार्टी एकीकरण गरेर अघि बढ्न लगभग सहमति भइसकेको भन्ने मैले पनि सुनेको छु । तर त्यो कुरा हाम्रो तहमा आइसकेको छैन । सायद छिटै पार्टीमा छलफल होला’, राप्रपा प्रजातान्त्रिकका नेता सुनिल थापाले बताए । उनका अनुसार केही प्राविधिक विषयमा सहमति जुटाएपछि पार्टी तहमा छलफल गर्नेगरी कुरा भइरहेको आफूले पनि सुनेको बताए ।
नेताहरूका अनुसार एकता गर्दा गत महाधिवेशनको दस्तावेजका आधारमा नै पार्टी एकता गरिने छ । तत्कालीन एकता महाधिवेशनमा राप्रपाले संवैधानिक राजसंस्थालाई आफ्नो मूल सिद्धान्तका रूपमा स्वीकार गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस