पार्टी एकता विवाद भएर ढिलो भएको होईन : अध्यक्ष प्रचण्ड

शनिबार, १७ कार्तिक २०७५, १५ : ४७
पार्टी एकता विवाद भएर ढिलो भएको होईन : अध्यक्ष प्रचण्ड

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता विवाद भएर ढिलो नभएको दाबी गर्नु भएको छ ।
विजय दशमी,दिपावली एवं छठ पर्बको अवसरमा प्रदेश नम्बर ५ ले आयोजना गरको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केहि प्रविधिक कारणले स्थानिय तहमा पार्टी एकता प्रकृया ढिलाई भएको स्पष्ट पार्नुभयो ।   
प्रदेश तहको पार्टी एकिकरण २ घण्टामा भएको स्मरण गर्दै उहाँले पछि विवाद नआओस् भनेर स्थानिय तहको एकिकरणमा ढिलाई भएको जानकारी दिनुभयो ।  
बाहिरा जे दुषप्रचार भएको छ त्यस्तो हुँदै होईन,उहाँले भन्नुभयो,‘टुंगाउन नसकेर टुंगो नलगाएको होईन । सबै क्षेत्र, वर्गलाई मिलाएर लैजानुपर्ने भएकाले पार्टी भित्र गम्भिर छलफल भईरहेको छ ।’

 

 

प्रतिक्रिया दिनुहोस