जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : अध्यक्ष थापा

शनिबार, १७ कार्तिक २०७५, १४ : ५८
जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : अध्यक्ष थापा

ताप्लेजुङ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । 

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयोे । 

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ । 

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उहाँको जोड छ । 

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस