बालेनको दाबी– काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ०८ : ४४
बालेनको दाबी– काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए

काठमाडौँ । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी पाएका छन् ।   जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको  प्रमुख बालेन शाहले जानकारी दिए ।

काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो । 

यो योजना सुरुवात भएको आर्थिक वर्ष २०८०-८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका शाहले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस