'माथिको आदेश' भन्दै गुन्डा नाइके समीरमानलाई नख्खुबाट मुस्ताङ पठाइयो

सोमबार, १५ असोज २०७५, १२ : ४४
'माथिको आदेश' भन्दै गुन्डा नाइके समीरमानलाई नख्खुबाट मुस्ताङ पठाइयो

फाइल फोटो

काठमाडौं : गुन्डा नाइके समीरमान बस्नेतलाई ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएको छ। सामेबार बिहान पौने ९ बजेको बुद्ध एयरको फ्लाइटमार्फत मुस्ताङ कारागार पठाइएको नुख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए।

किन मुस्ताङ पठाइएको भन्नेबारे उनले केही खुलाउन चाहेनन्। ‘यो माथिको आदेश हो। किन पठाइयो हामीलाई थाहा छैन। मुस्ताङ पठाउनु भनेर खबर आएकाले पठाएको हौं,’ जेलर दुलालले भने।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस