परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, २१ : ३३
परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ ।

विहिबार भएको भेटवार्तामा नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।  भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका छन् ।

पर्यटकीय राजधानी पोखरामा वैशाख १५ गतेदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ को अवसरमा  कासाडो नेपाल आएकी हुन् । 

प्रतिक्रिया दिनुहोस