क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, ओपनर आसिफ ८ रनमा आउट

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १० : ४३
क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, ओपनर आसिफ ८ रनमा आउट

काठमाडौं। क्यानडाविरुद्धको तीन ओडीआई सिरिजअन्तर्गत​अन्तर्गत पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर आसिफ शेख आउट भएका हुन् । २४ बल खेलेका उनले ८ रन मात्रै जोडे ।

अर्का ओपनर ब्याटर कुशल भुर्तेल ३६ रन बनाएर खेलिरहेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न कप्तान रोहित पौडेल आएका छन् ।आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा छन् ।

 

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

प्रतिक्रिया दिनुहोस