काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङले बुधबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँगै झण्डै एक घण्टा छलफल गरेका हुन्।
बालुवाटार स्रोतले उनीहरूबीच द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको जानकारी दिएको छ। चिनियाँ राजदूत सोङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन र बीआरआईलगायत चिनियाँ परियोजनाको विषयमा चासो राखेका थिए।
प्रधानमन्त्रीले असोजमा चीन भ्रमण गरेका थिए। भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको थियो। बीआरआई परियोजनालाई दाहाल नेतृत्वको सरकारले महत्व नदिँदा चीन सशंकित हुँदै आएको छ। बीआरआई परियोजना चिनियाँ राष्ट्रपति सीको 'ड्रीम प्रोजेक्ट' हो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) चीनले भूमिमा आधारित सिल्क रोड इकोनोमिक बेल्ट (एसआरईबी) र समुद्रमा जाने समुद्री सिल्क रोड (एमएसआर)मार्फत् कनेक्टिभिटी र व्यापार सञ्जाल बढाउन युरेसियन (युरोप र एसिया) देशहरूलाई प्रस्ताव गरेको विकास रणनीति हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले