भारतविरुद्ध नेपाललाई लगातार २ सफलता

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १५ : १३
भारतविरुद्ध नेपाललाई लगातार २ सफलता

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारतविरुद्ध लगातार दुई सफलता हात पारेको छ ।१३.४ ओरभमा प्रियांशु मोलियालाई रनआउट गर्दे नेपालले भारतविरुद्ध दोस्रो विकेट लिएको हो ।

 

आकाश चन्दको बलमा दौडिएर ४ रन लिने क्रममा मोलियालाई दिपक डुम्रे र चन्दले रनआउट गरेका हुन् । मोलियाले ३६ बलमा १९ रन बनाए ।चौका हुने बललाई रोकेर डुम्रेले फालेको थ्रोमा चन्दले रनआउट गराएका हुन् । ​​

 

लगत्तैको अन्तिम बल आकाशले वाइड फाले ।तर यही अति रिक्त बलको फाइदा उठाउँदै सातौं बलमा पुगेर चन्दले ३० बलमा १८ रन बनाएका कुलकर्नीको विकेट लिएका हुन् ।१६ ओभरको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा ६७ बनाएको छ ।

प्रतिक्रिया दिनुहोस