काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।२ ओपनरसहित ३ खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको हो । कर्णालीले भने पहिलो हार व्यहोरेको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलवार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७७ रनको बलियो योगफल बनाएको थियो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।२ ओपनरसहित ३ खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको हो । कर्णालीले भने पहिलो हार व्यहोरेको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलवार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७७ रनको बलियो योगफल बनाएको थियो ।उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । ११४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए ।
सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १३८ रनको शतकीय साझेदारी गरेका थिए ।उनीहरूले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।
यस्तै, सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विस्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए ।
कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १ / १ विकेट लिए ।जवाफी ब्याटिङ गरेको कर्णाली ३७ दशमलव २ ओभरमा अलआउट हुँदै १४३ रनमै समेटियो ।
उसलाई सस्तैमा रोक्ने सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । यस्तै, विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १ / १ विकेट लिए ।
कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । ११४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए ।
सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १३८ रनको शतकीय साझेदारी गरेका थिए ।उनीहरूले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।
यस्तै, सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विस्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए ।
कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १ / १ विकेट लिए ।जवाफी ब्याटिङ गरेको कर्णाली ३७ दशमलव २ ओभरमा अलआउट हुँदै १४३ रनमै समेटियो ।उसलाई सस्तैमा रोक्ने सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । यस्तै, विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १ / १ विकेट लिए ।
कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १६ : ५५
लेखकबाट थप