फिफा द बेस्टः मेसीले आफ्नै प्रमुख प्रतिद्वन्द्वीलाई दिए पहिलो मत

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १४ : ४४
फिफा द बेस्टः मेसीले आफ्नै प्रमुख प्रतिद्वन्द्वीलाई दिए पहिलो मत

काठमाडौं। सन् २०२३ का फिफा द बेस्ट अवार्डमा पुरुष वर्ष खेलाडी भएका विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फूटबल टोलीका कप्तान लियोनल मेसीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी अर्लिङ हालान्डलाई पहिलो मत दिएको पाइएको छ ।

फिफाले मंगलवार सार्वजनिक गरेको सूचीअनुसार मेसीले नर्वे तथा म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डलाई पहिलो मत दिएका छन् ।यस्तै मेसीले दोस्रो मत गत वर्षको विश्वकप फाइनलका प्रतिद्वन्द्वी फ्रान्स तथा पीएसजीका फरवार्ड केलियन एमबाप्पेलाई दिएका छन् ।

यसैगरी मेसीले तेस्रो मत भने आफ्नै देशका सहमर्मी तथा सिटीका फरवार्ड जुलयन अल्भारेजलाई दिएको पाइएको छ ।सोमवार बेलायतको लन्डनमा भएको कार्यक्रममा सिटीका हालान्ड र पीएसजी एमबाप्पेलाई पछि पार्दै अमेरिकी क्लब इन्टर मायामीका मेसीले अवार्ड जितेका हुन् । हालान्ड दोस्रो र एमबाप्पे तेस्रो भए ।

 

राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकहरूबाट प्राप्त मतका आधारमा अवार्डको विजेता घोषणा गरिन्छ । प्रतिस्पर्धाका रहेका खेलाडी आफैँले आफैँलाई भने मत हाल्न पाइँदैन । एक जनाले पहिलो र दोस्रो र तेस्रो खेलाडी छुट्याएर मत दिन पाइन्छ । 

यसैगरी सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोयस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।स्पेनी आइटाना बोनमटीले उत्कृष्ट महिला फूटबलरको जितेकी छिन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

मेसीले यो अवार्ड कीर्तिमानी ८ पटक जित्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस