नारायणगढ–मुग्लिन सडकखण्ड ​आज र भोलि बन्द नहुने

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १२ : ५४
नारायणगढ–मुग्लिन सडकखण्ड ​आज र भोलि बन्द नहुने

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि (आइतवार र सोमवार) २४ सै घण्टा खुला रहने भएको छ ।​​​​​माघे संक्रान्तिको अवसरमा सडक निर्माणको काम स्थगित गरिएको हो ।​

स्तरोन्नतिका लागि पुस ७ गतेदेखि दिउँसो ४ घण्टा बन्द गरिएको सडक माघी पर्वलाई लक्षित गरेर २४ सै घण्टा सञ्चालन गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।सडक खण्डको तुइन खोलामा ढिस्को भत्काउने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस