न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, ०९ : ५८
न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा

एजेन्सी । म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

गएराति न्यूकासललाई ३-२ गोलले‍ पराजित गर्दै सिटी ४३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको हो।

न्यूकासलकै घरेलु मैदान सेन्ट जेम्स पार्कमा सिटीले ३ गोल गरेको थियो। न्यूकासलले २ गोल गरेपनि हार टार्न सकेन।

सिटीका लागि बर्नान्डो सिल्भाले २६ औं मिनेटमा गोल गरेका थिए। केभिन डिब्रुयनले ७४ औं मिनेटमा र ओस्कार बबले ९० मिनेट पछि गोल गरे। न्यूकासलका लागि ३५ औं मिनेटमा अलेक्जेन्डर इशाक र ३७ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गरे।

सिटीको शीर्ष स्थानको लिभरपुलभन्दा २ अंक कम छ। लिभरपुलले २० मध्ये १३ खेल जितेर ४५ अंक जोडेको छ। तेस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने ४० अंक जोडेको आर्सनल चौथो स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस