आजदेखि एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, २४ देशको भिडन्त

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १३ : २९
आजदेखि एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, २४ देशको भिडन्त

काठमाडौं। एसियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरू हुँदैछ । एसियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् । अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण यसपटक हुन लागेको हो ।

आजदेखि शुरू एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका खेलहरू २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् । प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ वर्षपछि  एसियन कपमा कमब्याक गरेको छ ।प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ ।

सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट हरेक समूहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शीर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।अहिलेसम्म एएफसी एसियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ ।

प्रतिक्रिया दिनुहोस