काठमाडौं। भारतीय फास्ट बलर मोहम्मद शमीलाई अर्जुन पुरस्कार प्रदान गरिएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले आज उक्त पुरस्कार प्रदान गरेकी हुन् ।मोहम्मद शमीले गत वर्षको एकदिवसीय विश्वकपमा आफ्नो बलिङमार्फत् हलचल मच्चाएका थिए । उनले विश्वकप २०२३ का सात खेलमा कुल २४ विकेट लिएका थिए।
मोहम्मद शामीले १०१ एकदिवसीय खेलमा १९५ विकेट, ६४ टेस्टमा २२९ विकेट र २३ ट्वान्टी–२० खेलमा २४ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १३ : ००
लेखकबाट थप