एजेन्सी । मेलबर्नमा जारी टेष्ट म्याचमा अष्ट्रेलियाले पाकिस्तानलाई ७९ रनले पराजित गर्दै तीन टेष्टको शृङ्खलामा २–० को अग्रता लिएको छ ।यसअघि पर्थमा भएको पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले पराजित गरेको थियो ।
दोस्रो टेस्टमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो जसको जवाफमा पाकिस्तानले २६४ रन बनाएको थियो ।यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६२ रन बनाएर पाकिस्तानलाई जितका लागि ३१७ रनको लक्ष्य दिएको थियो ।
तर खेलको चौथो दिनमा पाकिस्तानी टोली २३७ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स सबैभन्दा सफल बलर साबित भए । उनले २ इनिङ्समा १० विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १९ : ४६
लेखकबाट थप