काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फूटबलमा हारसँगै वीरगञ्ज प्ले अफ दौडबाट बाहिरिएको छ ।शनिवार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरको हार ब्यहोर्दै प्ले अफ दौडबाट बाहिरिएको हो ।
खेलको अतिरिक्त समयमा चन्दन दासले गरेको एकमात्र गोल नै वीरगञ्जलाई पराजित गर्न पर्याप्त बनेको हो ।वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्ले अफ स्थान लगभग स्थान पक्का भएको छ ।
वीरगञ्ज ८ अंकसहित तालिकाको आठौं स्थानमा रह्यो । बुटवलले जीत निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर लिग टुङ्गयाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १५ : ३९
लेखकबाट थप