नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, १२ : २३
नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कप्तान देब खनाल पेभेलियन फर्किएका हुन् । उनी १० बलमा दुई रन बनाउँदै आउट भए ।

उनलाई भारतीय बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए । राजले लिएको यो तेस्रो विकेट हो । देब आउट हुँदा नेपालले ८.५ ओभरमा १७ रन बनाएको छ ।

त्यसलगत्तै अर्को बलमा नेपालले पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रुपमा दीपक डुम्रे शून्य रनमै आउट भएका थिए । उनको विकेट पनि राज लिम्बानीले लिएका थिए । उनले दीपकलाई बोल्ड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस