काठमाडौं । अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको छ ।
अफगानिस्तानका लागि शीर्षक्रमका ब्याटर जाम्शिद जद्रानले शतक बनाए । उनले १ सय ६ रनको शतकीय इनिङ खेले । नेपालका हेमन्त धामीले २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १५ : २६
लेखकबाट थप