काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध तेस्रो सफलता हात पारेको छ ।यूएईमा जारी खेलको सातौं ओभरमा हेमन्त धामीले लगातार २ विकेट लिएका हुन् ।
६ ओभर २ बलमा खालिद तनिवाललाई गुल्सन झाको हातबाट क्याच गराएका धामीले लगत्तैको बलमा अक्रम मोहम्मदजाइलाई बोल्ड गरे ।यसअघि गुल्सन झाले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३४ रन जोडेको छ ।नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। अफगानिस्तान पनि भारतसँग हारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, ११ : ५८
लेखकबाट थप