काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।
पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर गुल्सन झाले विकेट लिएका हुन् ।उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराए । गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १५ : ३८
लेखकबाट थप