काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताएका छन् । समृद्धिको लागि संकल्प यात्रामा निस्किएका ओलीले आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताए। ‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो’, उनले भने ।
ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गरे । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको ओलीले बताए । ‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु’, ओलीले भने ।
अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता विनोदको शव जेठ २१ गते भिरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।
ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताए । ‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या हिंसाका शृङ्खलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ’, ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोजरले समस्या समाधान हुँदैन : केपी ओली
मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्छ : अध्यक्ष ओली
सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा
इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भए : केपी ओली