काठमाडौँ । दक्षिण कोरियामा नेपाली श्रमिकहरूको आत्महत्या गर्ने दर बढेको भन्दै सरकारले न्यूनीकरणका लागि कार्यक्रम गर्ने भएको छ ।सन् २००८ देखि हालसम्म कोरियामा ६८ जना नेपालीले आत्महत्या गरेका छन् । प्रत्येक वर्ष सरदरमा ४ जनाले आत्महत्या गर्ने गरेको देखिएको हो ।
यस्तो अवस्थामा ईपीएस कोरिया शाखाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ कोरिया पठाएको छ । ईपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले ‘हेप्पी होम रिटर्न’ कार्यक्रमका लागि उक्त पैसा पठाइएको बताए ।
कोरियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमा जनचेतना फैलाउने, समस्यामा परेकाहरूलाई उद्धार गर्ने लगायतका कार्यक्रम गरिँदै आएको उनले बताए ।
‘डिप्रेसनमा गएकाहरूलाई काउन्सिलिङ गर्ने लगायतका काम गरिन्छ । त्यस्तै इलिगल पनि नबसुन् भनेर काम भइरहेको छ । हामीले मात्र नभएर वैदेशिक रोजगार बोर्डमार्फत समेत काउन्सिलिङको काम भइरहेको हुन्छ’ निर्देशक सुवेदीले भने ।
त्यस्तै नेपालमा समेत सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । ईपीएस मार्फत कोरिया गएकाहरूको परिवारसँग समेत अन्तरक्रिया गर्दै आएको उनले बताए । कोरियामा रहेका नेपाली श्रमिकका घर परिवारलाई समेत जनचेतना फैलाउन सातै प्रदेशमा कार्यक्रम गर्दै आएको उनले बताए । ति कार्यक्रम निकै प्रभावकारी देखिएको उनको भनाइ छ ।
‘आत्महत्या गर्नुका कारणहरू पत्ता लगाउने क्रममा घर परिवारबाट आउने अनेक प्रेसर पनि देखियो । त्यसैले हामीले उनीहरूको घर परिवारलाई त्यस्तो नगर्न सचेतना फैलाउने काम गरिरहेका छौँ । अनावश्यक दबाब नदेऊ, कुनै समस्या परेको खण्डमा सहज तरिकाले जानकारी देऊ भन्ने खालको कुरा गर्छौ । यो निकै प्रभावकारी देखिएको छ,’ उनले भने ।
त्यस्तै जनप्रतिनिधिहरूसँग समेत अन्तरक्रिया गर्दै आएको ईपीएस कोरिया शाखाले जनाएको छ । जनप्रतिनिधिहरूलाई आफ्नो क्षेत्रबाट कोरिया गएकाहरू परिवारहरू जनचेतना फैलाउन सहयोग गर्न अपिल गर्दै आएको निर्देशक सुवेदीले बताए । सातै प्रदेशमा कोरियामा रहेका श्रमिकहरूका परिवारलाई अन्तरक्रिया गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने