काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि विज्ञापन माग गरेको हो ।
ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
सुचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति
४३ जिल्ला न्यायाधीशका लागि न्याय सेवा आयोगले माग गर्यो आवेदन