यसरी खुल्ला हुदैछ बामदेव गौतमको संसद छिर्ने बाटो

आइतबार, ०३ भदौ २०७५, १५ : ३९
यसरी खुल्ला हुदैछ बामदेव गौतमको संसद छिर्ने बाटो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम संसद छिर्ने लगभग पक्का जस्तै भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणको मुख्य सुत्राधार रहेका गौतमलाई संसद छिराउनका लागि नेकपाका दुवै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले इच्छा व्यक्त गरिसकेका छन् । 
अध्यक्ष प्रचण्डले एकीकरणपछि गौतमलाई पूर्वमाओवादीले जितेको ठाउँमा राजीनामा गराएर उपनिर्वाचनमार्फत जिताएर ल्याउने आश्वासन दिएका थिए । उक्त आश्वासनबारे गौतम खुलेरै बोल्न थालेका छन् । नेकपा सचिवालयले अनुमोदन गर्नासाथ गौतम उप निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यका रूपमा संघीय संसद छिर्ने तयारीमा छन् ।
बामदेवलाई संसद छिराउनका लागि मुख्य दुई निर्वाचन क्षेत्र ताकिएको छ । पूर्वडीआईजी नवराज सिलवाल निर्वाचित ललितपुर–१ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा निर्वाचित डोल्पा । डोल्पामा ७७ प्रतिशत मत कम्युनिस्टको छ ।

डोल्पालाई  लक्ष्ति गरेर ०६५ र ०७० मा गौतम उपप्रधान तथा गृहमन्त्री हुँदा अंगरक्षक रहेका डिएसपी अवधेश विष्टलाई सरुवा गरि १६ साउनमा त्यहाँ पठाईएको छ । विष्टको सरुवालाई गौतमको चुनावी माहौल मिलाउनेमात्रै होइन, चुनावै गौतमको पक्षमा पार्नेगरी पठाइएको चर्चा राजनीतिक वृत्तमा व्यापक मात्र छैन, लगभग संसद छिरी सकेको ठहर गरिएको छ । बामदेवले राजनीतिक र प्रशासनिक बलमा चुनाव जिते पनि बुुढाको जति मत ल्याउन नसक्ने धेरैको आँकलन गरेका छन् ।
डिएसपी विष्टलाई डोल्पा पठाइसकेको हिसाबले बामदेव कुनै पनि अर्थमा सोही क्षेत्रबाट निर्वाचित हुने सोचमा छन् । त्यसका लागि १५ भदौमा बुढालाई राजीनामा गराएर २२ असोजमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल भइसकेको बताइन्छ । गठबन्धनमा चुनाव लडेर बाम लहर छाएका बेला उनी बर्दिया–१ बाट पराजित भएका थिए । 


 

प्रतिक्रिया दिनुहोस