एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १६ : १८
एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ ।

आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यायलमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेतृ अन्जान शाक्यलगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै सिनेटर होलेनले आजै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा दुई जनाबीच भेटवार्ता भएको घिमिरेको सचिवालयले जनाएको छ ।

सिनेटर भान गत भदौ १५ गते नेपाल भ्रमणमा आएका थिए । उनले परराष्ट्रमनत्री एनपी साउदसँग पनि भेटवार्ता गरिसकेका छन् ।