हिमाचल र उत्तराखण्डमा बाढी पहिरोमा परी हालसम्म २३० जनाको मृत्यु गयो ज्यान

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, ०९ : ०९
हिमाचल र उत्तराखण्डमा बाढी पहिरोमा परी हालसम्म २३० जनाको मृत्यु गयो ज्यान

File pic

एजेन्सी । हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । 

जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई राज्यमा ८४ जनाको मृत्यु भएको छ । 

हिमाचलमा पहिरोका कारण कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । शिमलाको समरहिल क्षेत्रमा भीषण पहिरोमा परेर बेपत्ता भएका २१ जनामध्ये १४ जनाको शव निकालिएको छ । सोही उही समयमा कांगडाको फतेहपुर र इन्दोरा क्षेत्रमा बाढीमा फसेका ३०८ जनालाई बाहिर निकालिएको थियो। आज बिहानैदेखि राहत कार्य सुरु भएको छ । 

मण्डी कुल्लु र सेन्ज औट राष्ट्रिय राजमार्ग सहित ८७५ सडकहरू बन्द छन्र भने १२ सय बस मार्गहरू अवरुद्ध छन् ।

सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले हिमाचल प्रदेशमा भारी वर्षा, पहिरोले भएको विनाश माथि राजनीति गर्नुको सट्टा सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले कांग्रेसलगायत सबै राजनीतिक दललाई राजनीति छोडेर जनताको सहयोगमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस