पहिरोले नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, ०६ : ४९
पहिरोले नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

File pic

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिवार राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन शुरू गरिने ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।सोही स्थानमा गत बिहीवारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस