काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले हङकङमा हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ ।
थाइल्याण्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा सहभागी हुने अवसर पाएको हो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । नेपाल क्रिकेट एशोसियसन (क्यान) ले थाइल्याण्डले नखेल्ने भएपछि उक्त स्थानमा खेल्न एसीसीबाट बुधबार आएको प्रस्ताव स्वीकार गरेको जनाएको छ । प्रतियोगिता खेल्न नेपाली टोली ३ दिनभित्र हङ्कङ प्रस्थान गर्ने तयारी छ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ,भारत र पाकिस्तान छन् । भारत र पाकिस्तानको भने प्रतियोगितामा ए टोली पठाउने बताइएको छ ।
नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाको ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता