काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा शुक्रबार र पाख्रिवास नगरपालिकामा शनिबार वित्तिय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । सो वित्तिय साक्षरता कार्यक्रम बैकंको विरातनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो ।
बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।
सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बंैक, वित्तिय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।
बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसै गरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण