नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षाका लागि मिसाइल दिने

एजेन्सी

शुक्रबार, २८ असोज २०७९, १२ : ०८
नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षाका लागि मिसाइल दिने

काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षाका लागि करिब डेढ करोड डलर बराबरको मिसाइल पठाउने भएको छ ।

नेटोले युक्रेनलाई आवश्यक सैन्य सहयोग गर्ने निर्णय गरे लगत्तै नेदरल्याण्डले यस्तो तयारी गरेको हो । गत सोमबार र मंगलबार रुसले युक्रेनको राजधानी कीभ लगायत धेरै सहरमा हवाई आक्रमण गरेपछि नेटोमा आवद्ध राष्ट्रहरुको ब्रसेल्समा भएको आकस्मिक बैठकले थप सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।

नेदरल्याण्ड्सपछि फ्रान्स र क्यानाडाले पनि युक्रेनलाई तत्काल सहयोग गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई रक्षा प्रणालीका लागि कृतज्ञता व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस