सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १४ : २६
सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सप्तकोशी व्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । 

‘कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुवानका कारण ठूलो संख्यामा मानिसहरु घरबार विहिन भएका छन्, ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ । पीडित नागरिकहरु यातायात, विद्युत, खानेपानी जस्ता अत्यावश्यक वस्तु तथा सेवाको उपभोग गर्न वन्चित भएका छन । प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण पनि दिन प्रति दिन ठूलो मात्रामा क्षति हुँदैछ, सरकारले कुटनीतिक पहल मार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल यथाशिघ्र गरोस् ।’

 कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न आग्रह पनि अनेरास्ववियुले गरेको छ ।

प्रतिक्रिया दिनुहोस