काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ । विहिबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो ।
स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत कब्जामा लिएका थिए । सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्टले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले अहिलेसम्म सो जग्गा छोडेका थिएनन् ।
उनले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटले आरोप लगाइरहेको छ । खड्काले आफुले लिएको सो जग्गा र भवन अरूलाई भाडामा लगाइरहेको पाइएको छ ।
स्काउटको सम्पत्ति खाली गर्न अदालतले यस अघि नै आदेश दिए पनि सरकारले खड्कालाई अहिलेसम्म हटाएको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै