काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित
सहकारीका ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता मास्न सरकार उद्धत भयो : काँग्रेस
सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर : काँग्रेस
कांग्रेसले बोलायो संसदीय दलको बैठक
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )
काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत