करिब एक करोड नगदसहित दरबारमार्गबाट दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ५३
करिब एक करोड नगदसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । 

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरूलाई गएराति पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ । उनीहरू हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।