किभ । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ ।
युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी प्याराट्रुप्स परिचालन भएका रिपोर्टहरुलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।
प्याराट्रुप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ फागुन २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो : रूसी उद्धारकर्ता
पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारमा ११ जनाको मृत्यु