चितवन । भरतपुर महानगरपालिकाले बालबालिका संग मेयर कार्यक्रम मार्फत न्यानो कपडा वितरण गरेको छ । बाल विकासदेखि कक्षा पांच सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कोभिड संक्रमणको जोखिम रहेपछि विद्यार्थीको भौतिक उपस्थितीमा नभई विद्यालय मार्फत विद्यार्थीलाई दिनेगरी आज सभाहलमा कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि यो कार्यक्रम गरेको जानकारी दिईन।राप्ती र नारायणी नदि किनारमा रहेका वालवालिकालाई लक्षित गरेर कार्यक्रम गरेको र यसले सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेको बताइन । संघ सरकारको दिवा खाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न वालवालिकालाई सजिलो भएको उनको भनाइ थियो । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नया विद्यार्थी संख्या थप्ने महानगरले लक्ष्य लिएकोमा हालसम्म ६ हजार नयां विद्यार्थी थपिएको बताइन। शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको मेयर दाहालको भनाई थियो ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले १२ लाख बजेट विनियोजन गरेर टेण्डर गरि न्यानो कपडा वितरण गरिएको जानकारी दिए । महानगरका १० वटा आधारभुत विद्यालय छनोट गरि ती विद्यालयका १२२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बताए । विगतका वर्षमा वितरण गरिएको विद्यालय वाहेक अन्य विद्यालय छनौट गरेको शिक्षा अधिकृत ऋषिराम शर्माले जानकारी दिए ।
कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाई संयुक्त हस्तान्तरण गरिएको हो । अव विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामको आधारमा विद्यार्थीहरुलाई प्रदान गर्नेछन् । वितरण पछि प्रभावकारी अनुगमन गर्ने शिक्षा शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै लेवानगर आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बरालले महानगरको यो कार्यक्रम सहयोगी भएको भन्दै आयस्तर कम भएका परिवारका वालवालिकालाई ठूलो सहयोग भएको बताए । कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै महानगरको सहयोगलाई उदाहारण दिँदै अव अभिभावकले पनि खेल्नुपर्ने भूमिकावारे सचेत गराउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय आधारभूत विद्यालय खत्रौलीका अध्यक्ष तोपबहादुर गुरुङले न्यानो कपडाले यो जाडोमा पनि विद्यालय आउन ठूलो सहयोग पुर्याउने भन्दै महानगरलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य