भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो

एजेन्सी

विहीबार, १४ साउन २०७८, १२ : २३
भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा ४३ हजार ५ सय ९ जनामा कोभिड १९ संक्रमण देखिएको छ । बुधवारपनि भारतमा ४३ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो।

पछिल्लो केही दिनयता संक्रमितको संक्रमणमा पुनः वृद्धि भएपछि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ। हाल भारतमा ४ लाख ३ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३८ हजार ४५६ जना संक्रमण मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस