चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ ।
कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए ।
सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ असार २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका एघार पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि बन्द नहुने
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समयतालिका परिवर्तन