एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

बुधबार, २१ चैत्र २०७४, १६ : १७
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।
एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।
त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खगराज अधिकारी  र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको सांसद नारदमनि रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस