सिन्धुपाल्चोकमा झडप, प्रहरीद्धारा हवाइ फायर

आइतबार, १० मंसिर २०७४, १४ : ४३
सिन्धुपाल्चोकमा झडप, प्रहरीद्धारा हवाइ फायर

सिन्धुपाल्चोक, मंसिर १० । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको छ ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयमा लोकतान्त्रिक गठबन्धनका एजेन्टले वामपन्थी कार्यकर्तालाई आक्रमण गरेपछि झडप भएको बताइएको छ ।

झडपमा ३ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस